आइतबार, वैशाख २८, २०८२

पेट्रोलियम पदार्थको मूल्य घट्याे

नेपालखोज २०८१ भदौ १६ गते ५:४१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य घटाइएको हाे ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएकाे छ ।

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

प्रतिक्रिया