कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी

नेपालखोज २०८१ भदौ १६ गते ८:४३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ । २३ साउनदेखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित भएको थियो ।

आजको बैठकमा दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गरिने जनाइएकाे छ । यसअघि शनिबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सकिएको थियो ।

वर्तमान पदाधिकारीसँगै पूर्वपदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन सकेको थिएन ।

प्रतिक्रिया