नाडाद्वारा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा अन्तर्क्रिया
काठमाडौं । नेपाल अटोमोवाईल डिर्लस एशोसिएसन (नाडा) ले मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा अन्तरक्रिया गरेको छ ।
आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भुकुटीमण्डप परिसरमा नाडा अटो शो २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एशोसिएशन नेपाल इमानको संयुक्त पहलमा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायकका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा इमानका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन मन्तव्य व्यक्त गरेका थिए ।
मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा केन्द्रीत रहेर नाडाका अध्यक्ष करण चाौधरीले आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताए ।
अहिले नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सवैक्षेत्रलाई समेटने बताएका छन् । यसले सुस्ताएको अटोमोवाइल व्यवसाय पुनः फष्टाउने आशा राखेको छु, उनले भने ।
त्यसैगरी सो अन्तरक्रिमा बैंक तथा वित्तिय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केशी, नेपाल विमक संघका महासचिव अशोक कुमार खडकाले उक्त विषयका सम्बन्धमा आ-आफनो धारणा राखेका थिए । नाडा अटो शो को अन्तिम दिनमा यस्तो कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया