बालेनकाे ओलीलाई प्रश्न- नाबालिकामाथि हिंसा गर्ने एमाले सांसदलाई समाउने कि नसमाउने ?

नेपालखोज २०८१ भदौ १६ गते २०:०३

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले बाल हिंसा गर्ने एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ नगरेकाेमा आक्राेश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले एक पाेस्ट गर्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्दै भनेका छन् बाल हिंसा गर्ने तपाईंकाे सांसदलाई कहिले समाउने ? कि नसमाउने ?

काठमाडौंमै शर्माले एकजना बालिकालाई ८ वर्षदेखि बन्दी बनाएर घरेलु कामदारका रुपमा हिंसा गर्दै आएकाे र महानगरले उनलाई कारबाही अघि बढाउन भनेकाे बालेनले उल्लेख गरेकाे छन् ।

उनी लेख्छन्, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले विगत २ महिनादेखि कारबाही अगाडी बढाउनुभन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ । सम्माननिय खड्ग प्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्द छ ।सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ?’

प्रतिक्रिया