धुलिखेल–खावा सडक दैनिक जसो अवरुद्ध हुँदा यात्रुलाई सास्ती

काठमाडाैं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक दैनिक जसो अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ।
अरनिको राजमार्गअन्तर्गतककाे धुलिखेल–खावा चार किलोमिटर सडक खण्डको विस्तार र स्तरोन्नतीकोे काम समयमै सम्पन्न नहुँदा हिलोका कारण सडक दैनिक जसो अवरुद्ध हुने गरेको छ । हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुँदा यात्रुहरूले कष्टकर यात्रा गर्न बाध्य छन् । धुलिखेल–खावा चार किलोमिटर सडक खण्डको विस्तार र स्तरोन्नतीकोे कामको जिम्मेवारीको सम्हालेको निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लि ले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र परेको हो ।
सडक खण्डको विस्तार र स्तरोन्नती कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.ली बिच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्ने थियो ।
४ किलो मिटर सडकखण्ड मध्ये २ किमि सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ४० प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार, ४० प्रतिशत सम्पन्न भएको कार्य पनि पहिरोले बिगारेको हुनाले यसलाई फेरि दोहोर्याएर गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया