शुक्रबार, असार २०, २०८२

एक सय २७ अंकले बढ्दा १३ अर्ब १० करोडको शेयर किनबेच

नेप्सेमा उच्च अंकले बृद्धि

नेपालखोज २०८१ भदौ १७ गते १५:४५

काठमाडाैं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन ५३ दशमलव ६३ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार एक सय २७ दशमलव ३२ अंकले बढेर २८ सय २३ दशमलव २५ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ९४ अंकले बढेर पाँच सय तीन दशमलव ८३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको एक लाख ६० हजार पाँच सय ७९ पटकको कारोबारमा तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुई रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ७२ दशमलव १९ अंकले बढेर १५ सय ९५ दशमलव ४४ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि दुई सय ६६ दशमलव ५८ अंकले बढेर पाँच हजार छ सय एक दशमलव ८७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि दुई सय ७३ दशमलव ११ अंकले बढेर तीन हजार सात सय नौं दशमलव ७५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ७८ दशमलव ८९ अंकले बढेर तीन हजार पाँच सय १५ दशमलव ९० अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि छ सय २४ दशमलव २६ अंंकले बढेर १३ हजार नौं सय १४ दशमलव ४८ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि छ सय २३ दशमलव २७ अंकले बढेर १३ हजार पाँच सय ६९ दशमलव ७३ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी उन्नती कोष परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा गुडविल फाईनान्स लिमिटेड परेको छ ।

प्रतिक्रिया