भगवान् गणेशको पूजा गर्दा जप्ने मन्त्र !
हिन्दु धर्मअनुसार सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।
यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट सुरु गर्नु अति उत्तम मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरीनै लिए अझ राम्रो हुन्छ भन्ने शास्त्रमा उल्लेख गरेकाे पाइन्छ ।
मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागि पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान् गणेशको पूजा आराधना गर्ने गरिएको हो ।
भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु
यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास गरिन्छ ।
१ श्री गणेशाय नमः २ – ॐ श्री गणेशाय नमः ३ – गं गणपतये नमः ४ – ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः ६ – ॐ सिद्धि विनायकाय नमः ७ – ॐ गजाननाय नमः ८ – ॐ एकदंताय नमो नमः ९ – ॐ लंबोदराय नमः १० – ॐ वक्रतुंडाय नमो नमः ११ – ॐ गणाध्यक्षाय नमः
प्रतिक्रिया