ऐन नियम अनुसार चल्न खेलकुद संघसंस्थाहरु लाई मन्त्रीकाे चेतावनी
नेपालखोज
२०८१ भदौ १९ गते १३:३४
काठमाडाैं । खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन नियम अनुसार चल्न खेलकुद संघसंस्थाहरु लाई चेतावनी दिएका छन् ।
बुधवार पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौंमा स्वागत गर्दै मन्त्री चौधरीले राखेपको ऐन र कानुन अनुसार चल्न निर्देशन दिँदै ऐन र कानुन विपरीतको काम गरे आगामी दिनमा समस्या पर्न सक्ने चेतावनी दिए । ऐन कानुनमा समस्या भए बेलैमा संशोधन गरेर समस्या हल गर्न सकिने उनले बताए ।
उनले खेलाडी र प्रशिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै योजना र कार्यक्रम निर्माण गर्न पनि निर्देशन दिए । खेलाडी र प्रशिक्षकका लागि केही नगर्ने तर कुराले डङ्का पिट्ने प्रवृत्ति अन्त्य गर्न उनले सुझाव दिए ।
उनले राष्ट्रको गौरव बढाउने काम खेलाडीहरूले गरेको भन्दै खेलकुदको विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे ।
सम्बन्धित
प्रतिक्रिया