मंगलबार, असोज १, २०८१

सेयर बजार राताम्मै, ९० अंकले घट्दा झण्डै १३ अर्बको शेयर किनबेच

नेपालखोज २०८१ भदौ १९ गते १५:३५

काठमाडाैं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन झण्डै सात अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने ९० दशमलव ७३ अंकले घटेर २७ सय ३९ दशमलव ४६ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३१ अंकले घटेर चार सय ८८ दशमलव ७१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको एक लाख ३७ हजार एक सय ६३ पटकको कारोबारमा दुई करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार दुई सय १५ रुपैंैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबैभ ससमुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ५० दशमलव २४ अंकलदे घटेर १५ सय ३४ दशमलव ६४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ३० दशमलव ३३ अंकले घटेर पाँच हजार पाँच सय ४५ दशमलव ६२ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि एक सय ८८ दशमलव १९ अंकले घटेर ३४ सय ६३ दशमलव शुन्य नौं अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय २५ दशमलव ९० अंकले घटेर ३३ सय ७२ दशमलव ३१ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि पाँच सय २८ दशमलव ७० अंकले घटेर १३ हजार छ सय ९८ दशमलव ८८ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ८८ दशमलव ४२ अंकले घटेर १३ हजार आठ सय ३१ दशमलव १८ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एक्सेल डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स परेको छ ।

प्रतिक्रिया