शनिबार, वैशाख १५, २०८१

नर्भिकमा शनिबार फ्री ओपिडी

नेपालखोज २०७८ कार्तिक ५ गते १६:४८


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिबार(भोलि) कन्सल्ट्यान्ट फिजिसियन तथा कार्डियोलोजिस्टको निःशुल्क सेवा संचालन हुने भएको छ ।

नर्भिक अस्पतालमा कार्यरत कन्सल्ट्यान्ट फिजिसियन तथा कार्डियोलोजिस्ट डा. शैलेन्द्र प्रसाद कुशवाहाले निःशुल्क ओपीडी सेवा दिन लागेका हुन् । डा. कुशवाहाले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुका लागि निःशुल्क सेवा दिनेछन् ।

मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारिरीक अस्वस्थता भएकाहरुले समेत डा. कुशवाहाको निःशुल्क ओपिडीबाट लाभान्वित हुनसक्ने छन् । नर्भिकले केही महिना अघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रतिक्रिया