मंगलबार, असार १७, २०८२

क्यानाडाले लगाएको अतिरिक्त करबारे छानविन गर्न डब्लुटीओसँग चीनको आग्रह

नेपालखोज २०८१ भदौ २१ गते २०:४२

बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन, स्टिल र आल्मुनियमको आयातमा क्यानाडाको नयाँ प्रतिबन्धबारे प्रतिक्रिया दिँदै बेइजिङले विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा गरिएको कानुनी प्रतिवद्धताको पालना गर्न ओटावालाई आग्रह गरिएको चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत महिना चिनियाँ विद्युतीय सवारीसाधनमा शतप्रतिशत र चिनियाँ स्टिल तथा आल्मुनियम उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।

चीनले यो कदमलाई अनुचित भन्दै आलोचना गरेको छ र यसै हप्ता आयातित क्यानेडाली क्यानोला र रासायनिक उत्पादनहरूमा एन्टी–डम्पिङ अनुसन्धानको शुरूवात गरेको छ। शुक्रबार बेइजिङको वाणिज्य मन्त्रालयले ओटावाको थप करका उपायहरूको बारेमा ‘डब्ल्यूटीओमा क्यानाडाली पक्षसँग परामर्शका लागि अनुरोध गरेको’ बताएको थियो।

‘क्यानाडाले विश्व व्यापार सङ्गठनको नियमलाई बेवास्ता गरेको र सङ्गठनमा आफ्नो प्रतिबद्धतालाई उल्लङ्घन गरेको छ,’ मन्त्रालयका प्रवक्ताले एक अनलाइन विज्ञप्तिमा भनेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यो व्यापार संरक्षणवादी र एकपक्षीय कार्य हो। प्रतिबन्धले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीर रूपमा क्षति पुयाउँछ र विद्युतीय सवारीका साथै स्टील र आल्मुनियम उत्पादनहरूको लागि विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृङ्खलामा बाधा पुर्‍याउँछ।’

प्रतिक्रिया