निजामतीसेवा दिवसमा वृक्षरोपण
नेपालखोज
२०८१ भदौ २२ गते १२:१९

वीरगञ्ज(पर्सा) । निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा आज विभिन्न प्रजातिका वृक्षरोपण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वृक्षरोपण गरेर निजामती दिवस मनाएको जानकारी दिए । कार्यालयका अनुसार आँप, कागती र अन्य विभिन्न प्रजातीका फूलसमेत वृक्षरोपण गरिएको थियो ।
सो अवसरमा पर्सा जिल्लाका रहेका सरकारी कार्यालय प्रमुख तथा कर्मचारीको पनि उपस्थिति रहेको थियो । यो वर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित निजामति सेवा दिवस मनाइँदैछ ।
सम्बन्धित
प्रतिक्रिया