२६ सय बिन्दुमा खुम्चियो शेयर बजार, झण्डै ५६ अंकले घट्दा नौं अर्ब ४३ करोडको शेयर किनबेच

काठमाडाैं । शेयर बजार परिसुचक नेप्से २६ सय अंकमा झरेको छ । अघिल्लो दिन २५ दशमलव ४६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ५५ दशमलव ८६ अंकले घटेर २६ सय ४६ दशमलव शुन्य तीन अंकमा झरेको हो । यसैगरी क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५३ अंकले घटेर चार सय ६९ दशमलव १८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २७ वटा कम्पनीह्रुको एक लाख ११ हजार नौं सय ८६ पटकको कारोबारमा दुई करोड १० लाख ४८ हजार नौं सय ११ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ४३ करोड ९१ लाख छ हजार चार सय २५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंकह समुहको सुचक ३४ दशमलव २७ अंकले घटेर १४ सय ६५ दशमलव ५३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय एक दशमलव ६९ अंकले घटेर पाँच हजार तीन सय २१ दशमलव ८४ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ७७ दशमलव ३४ अंकले घटेर तीन हजार तीन सय २३ दशमलव ८२ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ८१ दशमलव शुन्य चार अंकले घटेर ३२ सय ३६ दशमलव ९२ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि तीन सय ३३ दशमलव ८९ अंकले घटेर १३ हजार ६९ दशमलव २७ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ३३ दशमलव शुन्य आठ अंकले घटेर १३ हजार दुई सय ५८ दशमलव ४२ अंकमा झरेको छ। यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा हाथ्वे इन्भेष्टेमन्ट नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि सिईडिबी हाईड्रोपावर लिमिटेड नैं पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया