आफूमाथि आरोप लगाएर विषयान्तर गर्न खोजेको भन्दै संसदीय छानबिनका लागि तयार रहेकाे धनराजकाे चूनौति

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफुमागि लागेका आरोपको छानविन गर्न चूनौति दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै गुरुङले सहकारी छानविन समितिको प्रतिवेदन आउनै लाग्दा आफुमाथि आरोप लगाएर बिषयान्तर गर्न खोजिएको भन्दै छानविन गर्न चूनौति दिएका हुन् ।
आफु खुल्ला कितावजस्तो रहेको भन्दै उनले संसदीय छानबिनका लागि पनि तयार रहेको उनले बताए । गुरुङले निकै अघिदेखि सम्बन्ध बिग्रिएर २०७६ सालमा श्रीमती ज्योती गुरुङसँग सम्बन्ध बिच्छेद गरेको जिकिर गरे ।
उहाले आफुले निकै अघि श्रीमतीसंग सम्बन्धबिच्छेद गरेकाले सम्बन्ध विच्छेद भएकी श्रीमतीले गरेको दोषमा आफू भागिदार नहुने धारणा राखे ।
श्रीमतीसंग नक्कली सम्बन्ध विच्छेद गरेको कुरा पनि नियोजित रुपमा आएको भन्दै उहाले सम्बन्ध विच्छेद नक्कली प्रमाणित गर्न समेत आग्रह गरे ।
उहाले बिगतमा पनि कुनै आरोप लाग्दा निर्दोश सावित भएको स्मरण गरे । गुरुङमागि मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेको छ ।

प्रतिक्रिया