माटोमा हिले फुटबल !
काठमाडाैं । कोही सडकमा फुटबल खेलेर रमाइलो गर्छन् त कोही रङ्गशालामा फुटबलको मजा लिन्छन् । यद्यपि अमेरिकाको न्यु ह्याम्पशायरमा केही यस्ता मानिसहरु छन् जो हिलोमा फुटबल खेल्न पाउँदा रमाउँछन् । यसै साता न्यु ह्याम्पशायरमा यस्तै फुटबलको तीन दिने महोत्सवमा मानिसहरू निकै रमाए।
यस पटक यो उत्सवको ५० औँ वर्ष थियो र यसमा पुरुष र महिला दुवै टोली हिले फुटबलमा मग्न देखिए । एक ५० वर्षीय खेलाडीले समाचार एजेन्सी एपी सँग भने – हिलोमा फुटबलको प्रतिस्पर्धा पूर्ण रूपमा फरक हुन्छ। यहाँ तपाईँ कस्तो घाँस खेल्दै हुनुहुन्छ भन्ने कुराले कुनै फरक पार्दैन । यहाँ घाँसमा होइन हिलोमा खेल्नुपर्छ ।
यो वार्षिक कार्यक्रम उत्तरी कन्वेको मुटुमा रहेको होग कोलिजियममा सञ्चालन हुन्छ । यो शुक्रवार राति मोज-मस्ती र सङ्गीतका साथ सुरु हुन्छ अनि त्यसपछि हिले फुटबल प्रतियोगिता सञ्चालन हुन्छ जसमा महिला र पुरुष दुवैले उत्साहका साथ भाग लिन्छन्। यो फुटबलमा सहभागी हुने मानिसहरूका लागि माटोमा फुटबल खेल्नु उनीहरूको बाल्यकाल फिर्ता हुनु सरह हो ।
प्रतिक्रिया