बहस समाप्त भएपछि राष्ट्रपति पदका लागि ह्यारिसलाई टेलर स्विफ्टको समर्थन

वासिङ्टन । सङ्गीत उद्योगको सबैभन्दा ठूलो ‘स्टार’ मध्येका एक टेलर स्विफ्टले राष्ट्रपति पदको बहस समाप्त भएलगत्तै उक्त पदका लागि कमला ह्यारिसलाई समर्थन गरेका छन् ।
‘मलाई लाग्छ कि उनी आत्मनियन्त्रण भएकी प्रतिभाशाली नेता हुन् र यदि हामी अराजकताको नभई शान्तिपूर्ण नेतृत्वमा भयौँ भने यस मुलुकमा धेरै नै हासिल गर्न सकिन्छ भन्ने मलाई विश्वास छ’, उनले मङ्गलबार राति इन्स्टाग्राममा पोस्ट गरे ।
नोभेम्बरको निर्वाचनमा प्रमुख जनसाङ्ख्यिकीयका रूपमा स्विफ्टसँग युवा महिलाहरूमाझ समर्पित अनुयायी छन् । उनको पछिल्लो भ्रमणले टिकट बिक्रीमा एक अर्ब डलरभन्दा बढी कमाइ गरेको छ । आधा घन्टाको उनको पोस्टलाई २३ लाखभन्दा धेरै ‘लाइक’ प्राप्त भएको छ ।
उनले आफ्नो बिरालो बेन्जामिन बटनलाई समातेको एउटा तस्बिर समावेश गरे र ‘निःसन्तान बिरालो लेडी’ भन्ने सन्देशमा हस्ताक्षर गरे । उक्त टिप्पणी डोनाल्ड ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले गरेको तीन वर्ष पुरानो टिप्पणीका सन्दर्भमा आएको हो । भान्सले बच्चा नभएका महिलाहरूसँग मुलुकको भविष्यमा समान दाबी नहुने बताएका थिए ।
ह्यारिसका एक वरिष्ठ अभियान अधिकारीले समर्थन अभियानसँग समन्वित नभएको बताए । ह्यारिसका उपराष्ट्रपति उम्मेदवार टिम वाल्ज एमएसएनबिसीमा प्रत्यक्ष अन्तरवार्ताको बीचमा समर्थनका बारेमा जान्नका लागि उपस्थित भएका थिए । राचेल म्याडोले पाठ पढ्दा वाल्जले मुस्कुराउँदै आफ्नो छाती थपथपाए ।
‘त्यो धाराप्रवाह र स्पष्ट थियो’, वाल्जले भने, ‘अमेरिकामा हामीलाई खडा हुन यस्तै प्रकारको साहसको आवश्यकता छ ।’
स्विफ्टले आफ्नो समर्थन आंशिक रूपमा ट्रम्पको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) ले उत्पन्न गर्ने चित्रहरू पोस्ट गर्ने निर्णयबाट प्रेरित भएको लेखेका छन् । यसबाट उनले ट्रम्पको समर्थन गरेका थिए भन्ने थाहा हुन्छ । एक जनाले स्विफ्टलाई अङ्कल सामका रूपमा कपडा लगाएको देखाएका छन र पोस्टमा भनेका छन्, ‘टेलर डोनाल्ड ट्रम्पलाई मतदान गरुन् भन्ने चाहन्छन् ।’
‘ट्रम्पको पोस्टले मलाई एक मतदाताका रूपमा मैले यो निर्वाचनका लागि आफ्नो वास्तविक योजनाहरूका बारेमा अत्यन्त पारदर्शी हुन आवश्यक छ भन्ने निर्णयमा पुर्याएको छ’, स्विफ्टले लेखेका छन्, ‘मैले मेरो अनुसन्धान गरेँ र आफ्नो रोजाइ बनाएँ ।’
ट्रम्पले बुधबार स्विफ्टको कदम ‘समयको प्रश्न मात्र थियो’ भनेका छन् । उनले ‘फक्स एन्ड फ्रेन्ड्स’ लाई भने, ‘स्विफ्ट अत्यन्त उदार व्यक्ति हुन्, उनी सधैँ डेमोक्रेटलाई समर्थन गरेको देखिनुहुन्छ र सम्भवतः उनले बजारमा यसको मूल्य चुकाउनुपर्नेछ ।’
स्विफ्टले सन् २०२० मा डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई समर्थन गरे र तत्कालीन उपराष्ट्रपति माइक पेन्सविरुद्ध बहसमा ह्यारिसका लागि खुशी व्यक्त गरे । उनले ट्रम्पको खुलेआम आलोचना गर्दै भने, ‘उनले श्वेत वर्चस्व र नस्लवादको आगो सल्काएका छन् ।’
स्विफ्ट मुलुकभर विशेषगरी डेमोक्रेटहरूमाझ लोकप्रिय व्यत्तित्व हुनुहुन्छ । सन् २०२३ को अक्टोबरमा फक्स न्युजले गरेको सवेक्षणमा ६८ प्रतिशत डेमोक्रेटसहित समग्रमा ५५ प्रतिशत मतदाताहरूले स्विफ्टप्रति उनीहरूको दृष्टिकोण अनुकूल थियो भनेका छन् । सर्वेक्षणमा ४३ प्रतिशतको राय अनुकूल र ४५ प्रतिशतको प्रतिकूलसहित रिपब्लिकनहरू विभाजित रहेको देखिएको थियो ।
प्रतिक्रिया