राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई
नेपालखोज
२०८१ भदौ २७ गते १४:४५
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई दिएको छ । बैंक व्यवस्थापन समितिकोे यही भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको छ ।
बैकले हाल ७७ जिल्लामा रहेका दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया