बुधबार, असार १८, २०८२

नेप्से २६ सय ८८ बिन्दुमा, सातामा ४१ अर्ब ८२ करोडको शेयर किनबेच

नेपालखोज २०८१ भदौ २८ गते १३:३५

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार छ सय ८८ दशमलव ३८ बिन्दुमा सिमित भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७६ दशमलव ४८ बिन्दुुमा सिमित भएको छ ।

यस साता धितोपत्र बजारमा तीन सय २८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार पाँच लाख आठ हजार दुई सय ४३ पटकको कारोबारमा नौं करोड ७२ लाख ५१ हजार दुई सय ९६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ४१ अर्ब ८२ करोड ७५ लाख ३६ हजार सात सय ६० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १८ अर्ब रुपैंयाँले कम हो । गत साता धितोपत्र बजारमा तीन सय ३७ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार छ लाख ८५ हजार दुई सय ६३ पटकको कारोबारमा १३ करोड ५० लाख १४ हजार पाँच सय ५८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ५९ अर्ब ७७ करोड ६६ लाख २० हजार नौं सय दुई रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पाँचौं दिन उकालो लागेको नेप्से परिसुचक त्यसबाहेकका बाँकी दिनहरुमा भने लगातार ओरारालो लागेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन बजार परिसुचक २५ दशमलव ४६ अंकले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६३ अंकले ओरालो लागेर चार सय ७९ दशमलव ७२ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसुचक ५५ दशमलव ८६ अंकले ओरालो लागेर २६ सय ४६ दशमलव शुन्य तीन बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५३ अंकले ओरालो लागेर चार सय ६९ दशमलव १८ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसुचक १३ दशमलव नौं अंकले ओरालो लागेर २६ सय ३२ दशमलव ९४ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८० अंकले ओरालो लागेर चार सय ६७ दशमलव ३८ बिन्दुमा झरेको थियो । चौंथो कारोबार दिन पनि बजार परिसुचक २२ दशमलव ७३ अंकले ओरालो लागेर दुई हजार छ सय १० दशमलव २१ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३० अंकले ओरालो लागेर चार सय ६३ दशमलव सात बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन भने बजार परिसुचक ७८ दशमलव १७ अंकले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ४० अंकले उकालो लागेर चार सय ७६ दशमलव ४८ बिन्दुमा चढेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल फाईनान्स आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता नेपाल पुर्नबीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन ।
दैनिक सेयर कारोबार तालिका

b}lgs ;]o/ sf/f]af/ tflnsf

दिनकम्पनी संख्याकारोबार संख्याकित्ता संख्याकारोबार रकम
पहिलो दिन३२८११२३००२२२६२९२४१०१२२४०८२४९.१२
दोस्रो दिन३२७१११९८६२१०४८९११९४३९१०६४२५.५४
तेस्रो दिन३२८९३४५९१९०७७५८३७२४५५६८४२१.३९
चौंथो दिन३१७८७०३६१५४२८७२४६८५११७९०५१.१८
पाँचौं दिन३१८१०३४६२१९४३३१५४८१६९२७४६१२.८१
कुल३२८५०८२४३९७२५१२९६४१८२७५३६७६०.०४
(श्रोतः नेपाल स्टक एक्सचेन्जलिमिटेड)

प्रतिक्रिया