बुधबार, असोज ३०, २०८१

संसारका सबैभन्दा कन्जुस देश !

नेपालखोज २०८१ भदौ २८ गते १५:१५

काठमाडाैं । तपाईँले विश्वका सबैभन्दा धनी देशहरूका बारेमा त सुन्नु नै भएको होला, तर आज हामी तपाईँलाई संसारका १० सबैभन्दा कन्जुस देशका बारेमा बताउन गैरहेका छौँ जो दान गर्ने मामिलामा अत्यन्तै कमजोर छन् । 

जोर्डन 

भर्खरै वर्ल्ड गिभिङ इन्डेक्स-२०२४ को सूची सार्वजनिक भएको छ जसमा जोर्डन दान नगर्ने देशको सूचीको पहिलो नम्बरमा छ। 

माली 

दोस्रो स्थानमा पर्यटकीय स्थलका लागि प्रख्यात देश माली छ, जसले चन्दा दिने मामिलामा चरम लापरबाही देखाउँछ। 

टोगो 

तेस्रो नम्बरमा पश्चिम अफ्रिकी देश टोगो छ, जहाँ घुम्न लायक धेरै ठाउँहरू छन्। प्रकृतिको काखमा बसेको यो देश पनि कन्जुस छ ।

जिम्बाब्वे 

तपाईँले जिम्बाब्वेको नाम सुन्नु भएकै होला । कुनै समय थियो जब यो देशको क्रिकेट टिमले संसारका बलिया टिमलाई समेत कडा टक्कर दिन्थ्यो । यो देश कन्जुसीको मामिलामा चौथो स्थानमा छ । 

अफगानिस्तान 

पाँचौँ स्थानमा हाम्रो छिमेकी देश अफगानिस्तान छ जो स्वयं तालिवानको कब्जामा छ । 

इजिप्ट 

इजिप्ट छैटौँ नम्बरको देश हो, जसले चन्दाको सन्दर्भमा कछुवा चाल देखाउँछ तर, पर्यटनबाट मनग्य आम्दानी गर्छ । 

ट्युनिसिया 

यो सूचिको सातौँ स्थानमा ट्युनिसिया छ, जुन उत्तर अफ्रिकी महादेशमा अवस्थित  अरब राष्ट्र हो । यो देश पनि महा कन्जुसको सूचीमा समावेश छ। 

यमन 

आठौँ स्थानमा मध्यपूर्वको देश यमन छ जुन आफ्नो सौन्दर्यका कारण विश्वभर चर्चित छ । 

जर्जिया 

नवौँ स्थानमा युरोपेली देश जर्जिया छ, जो कन्जुसी देखाउने मामिलामा बाँकी देश भन्दा अलि कम छ । यद्यपि, यो अझै पनि यो सूचीमा समावेश छ। 

बोत्सवाना 

अन्तिम तथा दसौँ स्थानमा बोत्सवाना छ, जहाँ जङ्गली जनावरहरू ठुलो सङ्ख्यामा पाइन्छन् । यो देशले चन्दा दिने मामिलामा सधैँ आफ्नो मुठ्ठी कस्दै आएको छ।

प्रतिक्रिया