मंगलबार, असार १७, २०८२

अस्ट्रेलियामा घृणा अपराध विरुद्ध कानुन

नेपालखोज २०८१ भदौ २९ गते १५:३८

अस्ट्रेलिया सरकारले नयाँ घृणा अपराध कानुन लागु गरेको छ । यो कानुनले कुनै पनि व्यक्तिलाई उसको जात, लैङ्गिक पहिचान, जातीय, धर्म वा लैङ्गिक झुकावका आधारमा निशाना बनाए जरिवाना तथा सजायको व्यवस्था गरेको छ । इजरायल र हमासबीचको युद्धपछि घृणाका बढ्दो घटनाको चुनौती सामना गरिरहेको बेला सरकारले यो विधेयक ल्याएको हो।

सरकारले गत वर्ष नाजी सैल्यूट तथा आतङ्कवादी समूहका प्रतीकको सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । एटर्नी जनरल मार्क ड्रेफसका अनुसार ‘कुनै पनि अस्ट्रेलियालीलाई तिनीहरू को हुन् वा तिनीहरू के विश्वास गर्छन् भन्ने कारणले लाञ्छित गर्न पाइँदैन ।’

‘हामी गर्वका साथ एउटा जीवन्त, बहु सांस्कृतिक तथा विविध समुदायमा बस्छौँ, जसलाई हामीले संरक्षण र सुदृढ गर्नुपर्छ,’उनले भने । विधेयकमा कुनै समूह वा व्यक्ति विरुद्ध बल प्रयोग वा हिंसाको धम्की दिए पाँच वर्षसम्म कैद सजाय गर्ने प्रावधान छ भने त्यस्तो धम्कीले सरकारलाई खतरा भए सात वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया