पहिलो कारोबार दिन नैं घट्यो नेप्से, ५० अंकले घट्दा १० अर्ब ३३ करोडको शेयर किनबेच
काठमाडाैं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से घटेको छ । नेप्से आज ५० दशमलव ७३ अंकले घटेर २६ सय ३७ दशमलव ७९ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८१ अंकले घटेर चार सय ६८ दशमलव ६५ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २४ वटा कम्पनीहरुको एक लाख १९ हजार सात सय ३९ पटकको कारोबारमा दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौं सय ५७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव ८८ अंकले घटेर १४ सय ७४ दशमलव ८१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुुचक पनि एक सय ३४ दशमलव ९२ अंकले घटेर पाँच हजार दुई सय ३६ दशमलव ५५ अंकमा झरेको छ । फाईनान्स समुहको सुुचक पनि एक सय २० दशमलव ८८ अंकले घटेर तीन हजार दुई सय ९५ दशमलव २५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव २५ अंकले घटेर तीन हजार दुई सय ७१ दशमलव शुन्य सात अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि तीन सय ६१ दशमलव २० अंकले घटेर १२ हजार आठ सय आठ दशमलव ७९ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुईु सय ९१ दशमलव ८३ अंकले घटेर १३ हजार एक सय ८२ दशमलव ६० अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ ।
प्रतिक्रिया