आइतबार, असोज २७, २०८१

मध्य युरोपका देशहरू बाढीको चपेटामा

नेपालखोज २०८१ असोज १ गते ७:५६

काठमाडाैं । पोल्याण्डदेखि रोमानियासम्मका धेरै देश बाढीबाट प्रभावित भएका छन् र कम्तीमा १० जनाको ज्यान गएको छ । प्रभावित क्षेत्रबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण आर्थिक गतिविधिमा समेत ठूलो असर परेको छ भने कैयन देशमा कारखाना तथा पसलहरू बन्द छन्।

धेरै दिनको भारी वर्षा पछि, चेक गणतन्त्र र पोल्याण्ड बीचको सिमानामा बसोबास गर्ने क्षेत्रहरू खराब अवस्थामा पुगेका छन्। कतिपय पुल भत्किनुका साथै धेरै घरमा क्षति पुगेको छ । पूर्वी रोमानियाका धेरै गाउँ तथा शहरहरू बाढिको पानीले भरिएका छन् । चेक रिपब्लिकका प्रधानमन्त्री पेत्र फियालाले यसलाई शताब्दीकै सबैभन्दा खराब बाढी भनेका छन् ।

यसक्रममा खोलामा डुबेर धेरैको ज्यान गएको समाचार छ । अहिले उक्त क्षेत्रका सहरका सडकहरु पानीमा डुबेका छन् भने कतिपय सहर बाढिको लेदोले भरिएका छन्। त्यहाँ डुङ्गा र हेलिकप्टरको सहयोगमा सयौं मानिसको उद्धार गरिएको छ । बाढीका कारण अस्ट्रियाको अवस्था पनि खराब भएको छ ।

तल्लो अस्ट्रिया प्रान्तका गभर्नरले पूर्वी क्षेत्रको अवस्था अझ गम्भीर रहेको बताएका छन्  । अस्ट्रियामा सेप्टेम्बर १६ मा प्रदेशमा ८० मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएको थियो भने पछिल्ला दिनमा ३७० मिमीसम्म पानी परेको छ । अविरल वर्षा र बाढीका कारण २ सयभन्दा बढी सडक बन्द गर्नुका साथै १ हजार ८ सय भवन खाली गराउनुपरेको छ ।

३ हजार ५ सय घरमा बिजुली छैन । राजधानी भियनामा अहिले पानीको सतह घटेपनि सार्वजनिक यातायात भने प्रभावित नै छ । यसैगरी पोल्याण्डको दक्षिण-पश्चिमी क्षेत्रहरूमा स्थिति तनावपूर्ण छ। प्रधानमन्त्री डोनाल्ड टस्कले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोला

प्रतिक्रिया