अस्ट्रेलियाली राज्यमा १० प्रतिशत पुरुषले घरेलु हिंसामा कानूनी कारबाहीको सामना गर्दछन् : अध्ययन
सिड्नी । अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) मा झण्डै १० प्रतिशत पुरुषले घरेलु तथा पारिवारिक हिंसाको अपराधमा प्रहरीबाट कानूनी कारबाही भोग्नु परेको सरकारी अध्ययनले मङ्गलबार जनाएको छ ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआइसी) द्वारा प्रकाशित अनुसन्धानअनुसार पूर्वी तटीय राज्य एनएसडब्लुमा जन्मेका छ दशमलव तीन प्रतिशत व्यक्तिलाई परिवार र घरेलु हिंसाको कसुरमा प्रहरीले कारबाही गरेको पाइयो ।
अध्ययनमा पुरुषहरूको यो दर तीन प्रतिशत महिलाको तुलनामा नौ दशमलव छ प्रतिशत अत्यन्त धेरै रहेको देखिएको छ ।
समग्रमा एनएसडब्लुमा जन्मेका एक दशमलव दुई प्रतिशत व्यक्ति ५० प्रतिशतभन्दा बढी परिवार र घरेलु हिंसाका अपराधहरूका लागि जिम्मेवार रहेको पत्ता लगाएको छ । परिवार र घरेलु हिंसाका अपराधहरू तीन समूहका मानिसद्वारा गरिएका सबै आपराधिक अपराधमध्ये लगभग आधा हुन् ।
एआइसीका उपनिर्देशक रिक ब्राउनले अनुसन्धानले अस्ट्रेलियामा पारिवारिक र घरेलु हिंसाको उच्च प्रचलनलाई उजागर गरेको बताए । ‘घरेलु हिंसा गर्नेहरूलाई पहिचान गरी लक्षित गरेर विशेषगरी अपराधलाई सामान्य रूपमा रोक्न सक्छौँ’, उनले विज्ञप्तिमा भने, ‘यो प्रतिवेदन अस्ट्रेलियामा जनसङ्ख्याको नमूनामा रेकर्ड गरिएको पारिवारिक र घरेलु हिंसा अपराधीहरूको व्यापकताको पहिलो अनुमान हो । यो पारिवारिक र घरेलु हिंसाका अपराधीहरूको दृश्यता बढाउने दिशामा महत्त्वपूर्ण कदम हो ।’
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका अनुसार अस्ट्रेलियामा चारमध्ये एक महिला र १४ मध्ये एक पुरुषले १५ वर्षको उमेरदेखि नै घनिष्ठ साथीबाट हिंसाको अनुभव गरेका छन् ।
प्रतिक्रिया