बिहीबार, कार्तिक २२, २०८१

२०२४ का महाफ्लप चलचित्र  !

नेपालखोज २०८१ असोज ४ गते १६:००

काठमाडाैं । सन् २०२४ अहिलेसम्म बलिउड फिल्मका लागि हिट र मिसको कथा बनेको छ । एकातिर कैयौँ फिल्मले उत्कृष्ट कलेक्सन गरेका छन् भने अर्कातर्फ कैयौँ फिल्म ठुलै फ्लप साबित भएका छन् । हेरौँ यो वर्षका अहिले सम्मका सबैभन्दा ठुला असफल फिल्महरूको सूची । अजय देवगनदेखि अक्षय कुमारसम्म, २०२४ धेरै बलिउड कलाकारका लागि राम्रो र नराम्रो दुवै रह्यो। 

यो वर्ष केही चलचित्रले बक्स अफिसमा रेकर्ड तोडेका छन् भने कतिपय चलचित्र निकै ठुला फ्लप साबित भएका छन् । आउनुहोस् यो वर्षका सबैभन्दा ठूला फ्लप फिल्महरूको सूची हेरौँ जसले निर्माताहरूको खुसी र शान्ति दुवै लुटे ।

क्र्याक (Crackk)

अर्जुन रामपाल र विद्युत् जामवालको फिल्म क्र्याक २३ फेब्रुअरीमा रिलिज भएको थियो । १२८ करोडको ठुलो बजेटमा बनेको यो फिल्मले मात्र २०.१ करोडको व्यापार गर्न सकेको बताइन्छ । 

वेदा (Veda) 

१५ अगस्ट २०२४ मा ठुलो पर्दामा रिलिज भएको फिल्म वेदा ९६ करोडको बजेटमा बनेको थियो । जोन अब्राहम र शर्वरी वाघको यो फिल्मले अहिलेसम्म ४१.४८ करोड मात्र कमाउन सकेको छ । 

मैदान (Maidaan)

११ अप्रिल २०२४ मा रिलिज भएको अजय देवगनको यो फिल्म ४०० करोडभन्दा माथिको बजेटमा तयार भएको थियो । यो फिल्मले ८२.३० करोड मात्र कमाएका कारण यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । 

योद्धा (Yodha)

सिद्धार्थ मल्होत्राको फिल्म योद्धा १५ मार्च २०२४ मा रिलिज भएको थियो। धर्मा प्रोडक्सनले १०५.६ करोडको बजेटमा तयार पारेको यो फिल्मले ५२.८ करोड मात्र कमाउन सकेको थियो । 

बडे मियाँ छोटे मियाँ (Bade Miyan Chote Miyan) 

अक्षय कुमार र टाइगर श्राफको यो एक्सन फिल्म ११ अप्रिलमा रिलिज भएको थियो । ५६० करोडको ठुलो बजेटमा बनेको यो फिल्मले १०५ करोड मात्र कमाउन सकेको थियो । 

सरफिरा (Sarfira) 

अक्षय कुमार र राधिक मदानको फिल्म सरफिरा पनि बक्स अफिसमा फ्लप साबित भयो । १२ जुलाईमा रिलिज भएको यो फिल्म १६० करोडको बजेटमा बनेको थियो । यो फिल्मले ५१.२ करोड मात्र कमाएको थियो । 

मेरी क्रिसमस (Merry Christmas) 

कटरीना कैफ र विजय सेतुपतिको फिल्म मेरी क्रिसमस १२ जनवरी २०२४ मा रिलिज भएको थियो। ९६ करोडको बजेटमा बनेको यो चलचित्रले १९.२ करोड मात्र कमाउन सकेको छ । 

(मूल्य सबै नेपाली रुपैयाँमा )

प्रतिक्रिया