बिहीबार, चैत १५, २०८०

के खाएर स्लिम-ट्रिम छिन मलाइका ?

नेपालखोज २०७८ असार १८ गते ८:०९

मुम्बई । अभिनेत्री तथा मोडल मलाइका अरोडा ४७ वर्ष पुगिसकिन् । यद्यपि उनको फिटनेसले आज पनि जुनसुकै नवयुवतीलाई माथ दिन सक्छ । यो उमेरमा पनि कसरी यति फिट छिन् त मलाइका ?

छैयाँ-छैयाँ गर्ल मलाइकाले आइटम डान्सबाहेक आफ्नो अभिनयबाट भने कुनै खास पहिचान बनाउन सकेकी छैनन् । तर उनी आफ्नो स्लिम-ट्रिम आकर्षक फिटनेसका कारण सधैं चर्चामा रहन्छिन् । सलमान खानकी भूतपूर्व भाइबुहारी अहिले आफूभन्दा कम उमेरका नायक अर्जुन कपुरसँगको अफेयरका कारण पनि समाचारमा छाइरहेकी हुन्छिन् ।

आफ्नो पर्फेक्ट फिगरको रहस्य कठोर मिहिनत नै भएको मलाइका बताउँछिन् । मलाइका कुनै पनि दिन वर्कआउट गर्न छाड्दिनन् चाहे उनि जतिसुकै व्यस्त किन नहुन् ? मलाइका इन्स्टाग्राममा आफ्नो वर्कआउटका भिडियोहरु पनि सेयर गरिरहेकी देखिन्छिन् ।

मलाइकाको लुक्स, फिगर अनि पातलो कम्मरका प्रशंसक लाखौं छन् जुन फिगरका लागि उनले प्रशस्तै पसिना बगाएकी छिन् । मलाइकाको वर्कआउटमा कार्डियो, योग तथा वेट ट्रेनिङ समावेश हुन्छ । मलाइका आफ्नो शरीरलाई मन्दिर मानेर त्यसको पूरा ख्याल राख्छिन् अथवा भनौं हेरचाह गर्छिन् । खानेकुरामा मलाइकालाई घरमै तयार गरिएको सादा खाना मन पर्छ । मलाइका हाई क्यालोरी डाइटबाट टाढै रहन्छिन् भने दिनको प्रारम्भ कागती र मह मिसाइएको मनतातो पानी पिएर गर्छिन् ।

मलाइकालाई दक्षिण भारतीय खानेकुरा निकै मन पर्छ । त्यसैले खाजामा उनी उपमा वा पोहालाई प्राथमिकता दिन्छिन् । मलाइकाले साग-सब्जी तथा ताजा फलफूललाई आफ्नो भोजनको अनिवार्य तत्त्वमा समावेश गरेकी छन् । दिउँसोको खानामा उनी साग-तरकारी, चिकेन वा फिसका साथ भात वा रोटी खान्छिन् । डिनरमा उमालेको तरकारी, सुप तथा सलादबाटै काम चलाउँछिन् ।

प्रतिक्रिया