तीन संसदीय समितिको बैठक बस्दै
नेपालखोज
२०८१ असोज ६ गते ८:३७

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगति तथा. विश्व जलवायु सम्मेलन (कोप २९)मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेलाई डाकिएको छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया