शनिबार, असार २१, २०८२

रास्वपाले फिर्ता बोलायाे चिन गएका आफ्ना नेता

नेपालखोज २०८१ असोज ६ गते २१:५२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिन गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी भएसँगै रास्वपाले चीन गएका नेता कार्यकर्तालाई फिर्ता बोलाएको रास्वपाले जनाएकाे छ ।

रास्वपाको १४ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा त्यसतर्फ गएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसद चीनमा छन् ।

प्रतिक्रिया