सोमबार, असार १६, २०८२

ह्यारिसको चुनाव जित्ने आधार बन्दै आप्रवासी मुद्दा र सद्भाव

नेपालखोज २०८१ असोज ७ गते ८:३५

न्युयोर्क । एनबिसी न्युजले जुलाई महिनामा गरेको सर्वेक्षणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जो बाइडेनको तुलनामा दुई प्रतिशतले अघि थिए। जुलाई महिनामा नै बाइडेनले रेस त्यागेपछि एनबिसी न्युजकै अनुसार अहिले ५ प्रतिशतले ह्यारिस अघि छिन्। पछिल्लो सर्वेक्षणले ह्यारिस ४९ प्रतिशत तथा ट्रम्प ४४ प्रतिशतको अवस्थामा छन् ।

अहिले ह्यारिस सबै रूपले अघि छिन् । उनी मानसिक रूपले दरिलो छिन्। सुरुमा बाइडेनको शारीरिक अवस्थामा ट्रम्पले आक्रमण गरेका थिए भने अहिले ह्यारिसले नै त्यसै विषयमा आक्रमण गरेकी छिन् ।

वर्तमान उपराष्ट्रपति तथा पूर्व राष्ट्रपतिको भिडन्तमा धेरै जना अमेरिकी वर्तमान अवस्थामा असन्तुष्ट देखिएका छन्। तर, सुधारोन्मुख भविष्यका लागि ह्यारिस प्रति धेरै आशावादी छन् ।

हार्ट रिसर्च एसोसिएटका जेफ होरविटका अनुसार जुलाई महिनामा ट्रम्प विजय उन्मुख थिए। अहिले त्यो वातावरण फेरिएको छ । अहिले ट्रम्पले उठाएको मुद्दामध्ये मुद्रास्फीतिको मुद्दामा बलियो भए पनि अन्य विषयमा उनी कमजोर छन् ।

अहिले मूल्य वृद्धिका कारण जनजीवनमा समस्या देखिएको छ। यसमा धेरै अमेरिकी सतर्क छन्। धेरै जना बाइडेनसँग असन्तुष्ट रहे पनि ह्यारिसले यसलाई सम्हाल्न सक्दिनन् भन्नेमा सबै सहमत छैनन् ।

प्रतिक्रिया