आइतबार, वैशाख २८, २०८२

२०६३ सालमा ताप्लेजुङको घुन्सामा भएको त्यो हेलिकप्टर दुर्घटना !

सुनिल उलक २०८१ असोज ७ गते १६:००

काठमाडाैं । आज असोज ७, आजकै दिन १८ वर्ष अगाडि २०६३ सालमा ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा नेपालका तत्कालीन वनमन्त्री गोपाल राई, तथा श्रीमती मीना राई, युएसएड नेपालकी मिशन उपप्रमुख मार्गरेट अलेक्जेन्डर, फिनल्यान्ड दूतावासका निमित्त राजदूत पौली मस्टनन, नेपालका चर्चित संरक्षणविद् डा. हर्क गुरुङ, विश्व वन्यजन्तु कोषका डा. जील बोलिङ, डा. चन्द्र प्रसाद गुरुङ, जेनिफर हेडली, श्रीमती येशी छोडेन लामा, माथ्यु प्रिस, मिङ्मा नोर्वु शेर्पा, वन तथा भूसंरक्षण मन्त्रालयका कामु सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायण प्रसाद पौडेल, वन विभागका महानिर्देशक शरद कुमार राई, संरक्षणविद् डा. तीर्थमान मास्के, डा. विज्ञान आचार्य, विजय श्रेष्ठ, दावा छिरिङ शेर्पा, हेमराज भण्डारी (नेपाल टेलिभिजन), सुनिल सिंह (नेपाल टेलिभिजन) लगायत हेलिकोप्टरका पाइलट क्या. क्लिम किम, क्या. मिङमा शेर्पा, फ्लाइट इन्जिनियर भ्यालेरी साफ्रोनोभ तथा गुरुवर तन्डुल गरी २४ जना नेपाली र विदेशीले जीवन गुमाउनु परेको थियो । 

कञ्चनजङ्घा क्षेत्र वरपरको पार्क व्यवस्थापन नेपाल सरकारको तर्फबाट स्थानीय बासीलाई हस्तान्तरण गरेर फर्किँदै गरेको सो टोली उक्त दुःखद दुर्घटनामा परेको थियो।

प्रतिक्रिया