बिहीबार, कार्तिक २९, २०८१

आईसीसी विश्वकप लिग–२ : लगातार हार व्यहाेरेकाे नेपालले नेपाल ओमानसँग भिड्दै

नेपालखोज २०८१ असोज ८ गते ८:३०

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ । लगातार हार व्यहाेरेकाे नेपालले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा आज ओमानसँग खेल्न लागेकाे हाे । खेल नेपाली समय अनुसार पौने ९ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्दै छ ।

नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ ।

पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो ।

क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो । घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहो¥याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ ।

प्रतिक्रिया