सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुबा घाइते
नेपालखोज
२०८१ असोज १० गते ८:३३

काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
बिहीबार बिहान हरिपुर्वा नगरपालिका ५ मा गोली लागेर २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने उनीसँगै आएका व्यक्तिहरुको खोजी कार्य भइरहेको छ । घटनाको अनुसन्धान सुक्ष्म तरिकाले भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया