सबैभन्दा बढी ऋण हुने देश

काठमाडाैं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४.३२ प्रतिशत छ । बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ८६ हजार रुपैयाँ बराबर पर्न आउँछ ।
नेपालको छिमेकी भारतमा हाल जिडिपीको ४६ प्रतिशत ऋण छ । यद्यपि भारत संसारमा सबैभन्दा छिटो विकास गरिरहेको देश पनि हो । यसै गरी नेपालको अर्को छिमेकी चिन संसारमै ठुलो ऋण बोक्नेहरूमा अग्रणी छ । तीव्र विकास सँगै चिनले ऋणको मामिलामा अमेरिका र बेलायतलाई टक्कर दिइरहेको छ ।
अमेरिकामाथि जिडिपीको ११० प्रतिशत ऋण छ । अमेरिका रुस–युक्रेन युद्धको मारबाट अझै बाहिर आउन सकेको छैन ।
संयुक्त अधिराज्यमाथि उसको जिडिपीको १४२ प्रतिशत ऋण छ।
जापानमाथि जिडिपीको २१६ प्रतिशत छ जुन विश्वकै उच्च हो ।
ग्रिसले जिडिपीको २०३ प्रतिशत ऋण बोकेको छ । यो ऋण देशको कुल ग्राहस्थ उत्पादनको दोब्बर हो ।
लेबनानसँग उसको जिडिपीको १२८ प्रतिशत ऋण छ र यो देशले युद्धको सङ्कट झेली रहेको छ।
स्पेनमाथि जिडिपीको १११ प्रतिशत ऋण छ। त्यसैले अहिले स्पेनले पनि आर्थिक सङ्कटको सामना गरिरहेको छ ।
प्रतिक्रिया