ओडीआईमा अम्पायरको पारिश्रमिक कति ?

नेपालखोज २०८१ असोज १२ गते १२:५१

क्रिकेटमा पैसा कमाउन ब्याट्सम्यान, बलर र फिल्डर मात्र हुनुपर्छ भन्ने छैन । मैदानमा अम्पायर हुनु पनि निकै महत्त्वपूर्ण हुन्छ  किनभने क्रिकेट मैदानमा अम्पायर नै त्यस्तो व्यक्ति हुन्छ जसको आदेश मान्न सबै खेलाडी बाध्य हुन्छन् । यद्यपि अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गर्न त्यति सजिलो भने छैन किनभने वाइडदेखि एलबीडब्लू सम्मका निर्णयलाई लिएर धेरै पटक विवाद सृजना हुन्छन् ।

तर के तपाईँले कहिल्यै सोच्नुभएको छ – एउटा ओडिआई खेलमा अम्पायरले कति तलब पाउँछन् ?  एक दिवसीय खेलमा अम्पायरको तलब  अन्तर्राष्ट्रिय खेलमा अम्पायरको भूमिका निर्वाह गर्न आइसिसी (ICC) को मान्यता  लिएको हुनुपर्छ । त्यस्ता शीर्ष स्तरका अम्पायरले वार्षिक १ करोड ६ लाख देखि २ करोड ६७ लाख रुपैयाँ सम्म कमाउन सक्छ ।

तलब बाहेक उनीहरूलाई यात्रा , होटेल तथा खाना खर्च पनि दिइन्छ । अम्पायरको पारिश्रमिक  क्रिकेटमा उनीहरूको कद तथा अनुभवमा पनि भर पर्छ । एक दिवसीय खेलका लागि अम्पायरले २५०० देखि ३००० अमेरिकी डलर पारिश्रमिक पाउँछन्। यो रकम नेपाली मुद्रामा सवा ३ लाख देखि ४ लाख रुपैयाँसम्म हुन्छ ।

यसअघि एक दिवसीय खेलमा अम्पायरको पारिश्रमिक त्यति धेरै थिएन तर ठुला र महत्त्वपूर्ण खेलमा गल्ती कम गर्ने उद्देश्यले आइसिसीले पछिल्ला केही वर्षयता अम्पायरको तलब बढाउँदै लगेको छ । अलीम दार र कुमार धर्म सेना विश्वमा सबैभन्दा धेरै कमाउने अम्पायर हुन्।

प्रतिक्रिया