बिहीबार, कार्तिक २९, २०८१

होमलेस वर्ल्डकप !

नेपालखोज २०८१ असोज १३ गते १७:३०

दक्षिण कोरियाको सियोलमा हुने ‘ होमलेस वर्ल्डकप ’ मा विश्वका धेरै देशले आफ्ना राष्ट्रिय फुटबल टोली पठाए । २१ देखि हिजो २८ सेप्टेम्बर सम्म चलेको एसियाको यो पहिलो होमलेस विश्वकपमा घरबारविहीनहरूको टोलीले मात्र प्रतिस्पर्धा गरेका थिए । जसमा ४४ देशका ५६ टोली र ४५० जना खेलाडीको सहभागिता थियो । 

यो प्रतियोगिता आयोजनको उद्देश्य घरबार विहीनताको समस्यातर्फ ध्यानाकर्षण गराउनु हो । यहि कुरा यसमा सहभागी हुनेहरूका लागि ट्रफी जित्नुभन्दा पनि ठुलो कुरा हो । यो आयोजनाले सामान्यतया घरबारविहीन जीवन बिताउने फुटबल प्रशंसकहरूलाई सँगै ल्याउँछ। यहाँ उनीहरूलाई धेरै प्रकारका सहयोगहरू प्रदान गरिन्छ। 

उनीहरूका धेरै प्रशिक्षकहरू पनि घरबारविहीन भएको अनुभव संगालिसकेकाका व्यक्तिहरू थिए । यो प्रतियोगिताका क्रममा सबैले सुरक्षित र स्वस्थ वातावरणमा सँगै खेलकुदको आनन्द लिन्छन्। 

घरबारविहीनताकको कुनै अन्तर्राष्ट्रिय परिभाषा छैन। बेलायतमा सडकमा सुत्ने वा अस्थायी रूपमा बस्ने र टाउकोमा सुरक्षित छाना नभएका मानिसहरूलाई घरबारविहीन मानिन्छ। 

बेलायतको हाउजिङ च्यारिटी शेल्टरले आफ्नो अनुसन्धानमा गत वर्षको क्रिसमसमा बेलायतमा मात्रै तीन लाखभन्दा बढी मानिस घरविहीन भएको देखाएको थियो , जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढेको हो । भनिन्छ – अहिले पश्चिमका धनी देशहरूमा घरबारविहीनताकको दर लगातार बढिरहेको छ ।

प्रतिक्रिया