सोमबार, असार १६, २०८२

बैंकिङ प्रणालीमा ८७ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

नेपालखोज २०८१ असोज १५ गते १५:५८

काठमाडौ । बैंकिङ प्रणालीमा राष्ट्र बैंकले ८७ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम एक सय ८१ दिने मुद्धतीकोरुपमा लगानी गर्न लागिएको हो ।

रकम लगानीको अवधि २०८१ कात्र्तिक चार गते देखि २०८२ बैशाख छ गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही असोज १८ गते शुक्रबार सम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने राष्ट्र बैंकको भनाई छ ।

लगानीको लागि छुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको ६९ करोड ६० लाख, बिकास बैंकहरुको १३ करोड पाँच लाख र फाईनान्स कम्पनीहरुको लागि चार करोड ३५ लाख रुपैंयाँ छुट्याईएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

प्रतिक्रिया