शुक्रबार, कार्तिक २३, २०८१

आज गान्धी जयन्ती अर्थात् गान्धीको जन्म जयन्ती

सुनिल उलक २०८१ असोज १६ गते १३:२१

काठमाडाैं । आज गान्धी जयन्ती अर्थात् गान्धीको जन्म जयन्ती । यसै दिनलाई संयुक्त राष्ट्र सङ्घले सन २००७ देखि विश्व अहिंसा दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।

जब जब गान्धी जयन्तीको प्रसङ्ग आउँछ, गान्धीसंगै नाथु राम गोडसेको पनि चर्चा आउँछ । आखिर नाथुरामले गान्धीलाई किन गोली हाने वा हत्या गर्नै पर्ने औचित्य के देखे । आखिर भारतीय हिन्दु महासभाले गान्धीलाई हिन्दुहरूको दुस्मनको रूपमा किन परिभाषित गरे। 

हिन्दु महासभाका सक्रिय विनायक दामोदर सावरकर अर्थात् वीर सावरकरको योजनामा नाथु राम तथा आप्टेको प्रयोग भएको मानियो । तर अदालतले सावरकर विरुद्ध कुनै प्रमाण जुटाउन नै सकेनन् । नाथु राम र आप्टेलाई मृत्युदण्ड दिईयो । सावरकर निर्दोष साबित भयो ।

पाकिस्तानको जन्म हुनु वा भारत विभाजन हुनुमा गान्धीको मुख्य भूमिका रहेको हिन्दु अतिवादीहरूले मान्दै आएको छ । हुन त विभाजनको उद्देश्य अङ्ग्रेजको थियो । divide and rule लाई मान्ने अङ्ग्रेजले जुद्ध शम्शेरलाई पूर्वी पाकिस्तान अर्थात् अहिलेको बङ्गलादेश लिन इच्छुक छौ भनेर सोधेका थिए । देश भित्र नै राणा शासन विरुद्ध आन्दोलन चर्किएको समय बङ्गलादेशी मुस्लिमलाई समात्नु कठिन थियो ।

खैर अहिंसाका पुजारी गान्धी नै हिंसाको सिकार भए । गान्धीको देशमा १९४७ मा भएको विभाजनले करिव डेढ करोड जनताले आफ्नो जन्मस्थल छोडेर अन्यत्र जान बाध्य भए । हिन्दु तथा मुस्लिम बाहुल्य क्षेत्रहरुमा भड्किएको दंगाले २० लाख जनताको अनाहकमा हत्या भयो ।

नेपालको सन्दर्भमा हेर्ने हो भने जनयुद्धका नाममा देशले दस वर्षको अवधिमा जुन खति बेहोर्नु पर्‍यो त्यसले नेपाललाई पचास वर्ष पछाडि धकेल्यो । अनाहकमा बिसौँ हजार नेपालीले ज्यान गुमाउनु पर्‍यो । शान्ति प्रक्रियाका नाममा विदेशीको चलखेल गर्ने भूमि भयो । पछिल्लो परिस्थितिले गर्दा लाखौँ युवा विदेश पलायन हुन बाध्य भए । 

अन्तमा विश्व अहिंसा दिवसको शुभकामना । साथै देशमा हत्या हिंसाको राजनीति अब कहिल्यै सुरु नहोस् भन्न कामना ।

प्रतिक्रिया