बिहीबार, कार्तिक २९, २०८१

२६ अंकले घट्दा छ अर्ब ७७ करोडको शेयर किनबेच

नेपालखोज २०८१ असोज १६ गते १५:१५

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन एक सय १४ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने २६ दशमलव शुन्य सात अंकले घटेर २५ सय ९७ दशमलव ४९ अंकमा झरेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १० अंकले घटेर चार सय ६६ दशमलव ७१ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ८३ हजार ८१ पटकको कारोबारमा एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ७७ करोड ८१ लाख ९५ हजार आठ सय ८१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा फाईनान्स समुहको सुचक ५४ दशमलव ४६ अंकले बढेर ३१ सय ५६ दशमलव अंकमा पुगेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक १० दशमलव ७३ अंकले घटेर १४ सय ८९ दशमलव ११ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ७२ दशमलव ३३ अंकले घटेर ५१ सय ६८ दशमलव ८७ अंकमा झरेको छ ।

यसैगरी जलबिद्युत समुहको सुचक पनि ५५ दशमलव २२ अंकले घटेर ३१ सय १७ दशमलव २२ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ६५ अंकले घटेर १२ हजार आठ सय ६१ दशमलव ९२ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ३८ दशमलव १७ अंकले घटेर १२ हजार आठ सय २० दशमलव ६४ अंकमा पुगेको छ ।

यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स परेको छ ।

प्रतिक्रिया