विपद्का बेलामा सबै मिलेर पीडितलाई सहयोग गरौं : अध्यक्ष दाहाल

नेपालखोज २०८१ असोज १७ गते ५:११

धुलिखेल (काभ्रेपलाञ्चोक) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले विपद्का बेलामा सबैले मिलेर सहयोग गर्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका–१२ भूमेडाँडा रोशी बजार क्षेत्रको स्थलगत निरीक्षण गर्दै अध्यक्ष दाहालले विपद्का बेलामा सबै मिलेर जनताका पक्षमा काम गर्न लाग्नुपर्नेमा जोड दिए ।

भुमेडाँडा रोशी बजार क्षेत्रका बाढी प्रभावित स्थानीय नागरिकको अवस्थाका बारेमा जानकारी लिँदै उनले सत्ता र प्रतिपक्ष भनेर एकअर्कालाई दोषारोपण गर्नुभन्दा सबै मिलेर जनताको पीरमर्कामा मल्हमपट्टी लगाउनेगरी खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा केन्द्रित हुन सबैमा आग्रह गरे ।

रोशी बजार क्षेत्रमा मानवीय र भौतिक क्षति बढी नै रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताका पीडाबारे जानकारी लिन तथा दसैँ, तिहारको मुखमा जनताको घाउमा मल्हमपट्टी के–कसरी लगाउन सकिन्छ भनेर बुझ्न आएको बताए ।

प्रतिक्रिया