बुधबार, जेठ १, २०८२

नेपाल सर्वाधिक प्रदूषित देशको सुचिमा, याे सुचिमा कुन– कुन देश छन् ?

नेपालखोज २०८१ असोज १७ गते १५:००

काठमाडाैं । विश्वका सबैभन्दा प्रदूषित १० देशको वरीयतामा नेपाल पनि परेको छ । विश्वका सबैभन्दा प्रदूषित १० देशको यो ताजा सुचि सार्वजनिक भैसकेको छ । वर्ल्ड अफ स्टाटिक्सले आफ्नो ट्विटर अकाउन्टमा सबैभन्दा प्रदूषित देशको यो र्याकिङ सार्वजनिक गरेको हो । यो र्याकिङ २०२३ मा वार्षिक औसत PM2.5 कंन्सनट्रेशन (μg/m³) मा आधारित छ। 

१० . कंगो : यो संसारको १० औँ सबैभन्दा प्रदूषित देश हो । 

९ . इजिप्ट : इजिप्ट संसारको ९ औँ सबैभन्दा प्रदूषित देश हो। 

८ . नेपाल : यो सूची अनुसार नेपाल आठौँ स्थानमा छ । 

७ . युएई : युएई विश्वको सातौँ सबैभन्दा प्रदूषित देश हो। 

६ . इराक : इस्लामिक देश इराक पनि यो सूचीमा समावेश छ। इराक संसारको छैटौँ सबैभन्दा प्रदूषित देश हो। 

५ . बुर्किना फासो : यो पश्चिम अफ्रिकी देश संसारको पाँचौँ सबैभन्दा प्रदूषित देश हो । 

४ . ताजिकिस्तान : यो सूची अनुसार ताजिकिस्तान विश्वको चौथो सबैभन्दा प्रदूषित देश हो । 

३ . भारत : भारत विश्वको १० सबैभन्दा प्रदूषित देशको सूचीको तेस्रो स्थानमा छ। 

२ . पाकिस्तान : पाकिस्तान यो सूचीको दोस्रो स्थानमा छ । 

१ . बङ्गलादेश : बङ्गलादेश संसारको १० सबैभन्दा प्रदूषित देशहरूको सूचीको शीर्षमा छ।

प्रतिक्रिया