सातामा २२ अर्ब १६ करोड सात लाख रुपैंयाँको शेयर किनबेच

काठमाडौं । यस साता सेयर बजार परिसूचक नेप्से दुई हजार पाँच सय ९७ दशमलव ४९ बिन्दुमा सीमित भएको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६६ दशमलव ७१ बिन्दुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा तीन सय २८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ८९ हजार ६८ पटकको कारोबारमा पाँच करोड २७ लाख ३७ हजार एक सय ६२ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २२ अर्ब १६ करोड सात लाख ३६ हजार एक सय ११ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा चार अर्ब रुपैंयाँले कम हो ।
गत साता धितोपत्र बजारमा तीन सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ६२ हजार ५० पटकको कारोबारमा सात करोड ५७ लाख १७ हजार पाँच सय ४८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २६ अर्ब नौं करोड ७४ लाख ४३ हजार चार सय ५५ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो र चौंथो दिन ओरालो लागेको शेयर बजार परिसुचक नेप्से दोस्रो र तेस्रो दिन भने उकालो लागेको थियो ।
पाँचौं दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार बजार परिसुचक २२ दशमलव ३६ अंकले ओरालो लागेर दुई हजार चार सय ६४ दशमलव ४० बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ८९ बिन्दुमा झरेकोे थियो ।
दोस्रो कारोबार दिन भने बजार परिसुचक ४४ दशमलव ४५ अंकले उकालो लागेर २५ सय आठ दशमलव ८६ बिन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४५ अंकले उकालो लागेर चार सय ५१ दशमलव ३४ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसुचक एक सय १४ दशमलव ७० अंकले उकालो लागेर २६ सय २३ दशमलव ३९ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ४६ अंकले उकालो लागेर चार सय ७० दशमलव ८१ बिन्दुमा चढेकोे थियो ।
चौंथो कारोबार दिन भने बजार परिसुचक २६ दशमलव शुन्य सात अंकले ओरालो लागेर २५ सय ९७ दशमलव ४९ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १० अंकले ओरालो लागेर चार सय ६६ दशमलव ७१ बिन्दुमा झरेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाईनान्स आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा पनि सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अगाडि देखिएको छ । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३२७ ५८४०१ १०३११८८५ ४०५०६५८०३६.९४
दोस्रो दिन ३१९ ५०६८० ९७१७९५९ ३७१५३५९९३५.१२
तेस्रो दिन ३०७ ९६९०६ १७५०७५५५ ७६१६५२२२५८
चौंथो दिन ३१० ८३०८१ १५१९९७६३ ६७७८१९५८८१.११
पाँचौं दिन सार्वजनिक बिदा
कुल ३२७ २८९०६८ ५२७३७१६२ २२१६०७३६१११.१७
प्रतिक्रिया