अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण
नेपालखोज
२०८१ असोज २० गते ८:४८
गलकोट (बागलुङ) । जैमिनी नगरपालिकाले आफ्नो स्थापनाको आठ वर्षपछि वडा नं ५ का लागि विनामारेमा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरेको छ ।
जैमिनी नगरपालिका–५ का वडाध्यक्ष ठगबहादुर थापाका अनुसार रु ७८ लाख १० हजारको लागतमा उक्त भवन निर्माण भएको हो ।
भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु ६० लाख र जैमिनी नगरपालिकाले रु २० लाख गरी खर्च गरेका थिए । उक्त भवन कार्यारम्भ गरेको नौ महिनामा पूरा भएको हो ।
भवनको उद्घाटन गत बिहीबार गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले गर्नुभएको हो । सोही दिनदेखि नयाँ भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्न थालेको छ ।
सम्बन्धित
प्रतिक्रिया