सोमबार, असार १६, २०८२

सुनचाँदीको मूल्य घट्याे

नेपालखोज २०८१ असोज २१ गते ११:२२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेरकाे छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया