शुक्रबार, कार्तिक २३, २०८१

अक्टोबर फेस्टमा बभेरियन संस्कृति

नेपालखोज २०८१ असोज २२ गते १४:३०

काठमाडाैं । अक्टोबर फेस्ट जर्मनीको म्युनिखमा सेप्टेम्बर र अक्टोबर महिनामा मनाइन्छ। संसारको यो सबैभन्दा ठूलो लोक उत्सव १८१० मा सुरु भएको थियो।

म्युनिख भाइब्स

यो वर्षको महोत्सव २१ सेप्टेम्बरदेखि अक्टोबर ६ गतेसम्म चलेको थियो । यी १६ दिनमा करिब ६० लाख मानिस यो महोत्सवमा सहभागी भए । महोत्सवका क्रममा जताततै परम्परागत बाभेरियन लोक संगीतका धुनहरू गुन्जिरहेका थिए । म्युनिख बाभेरिया प्रान्तको राजधानी हो।

महँगो भय‍ो बियर

ठूलो मैदानमा जम्मा १८ वटा टेन्ट राखिएको छ जसलाई परम्परागत शैलीमा सजाइएको छ। बियरको एक मगको लागत लगभग १४ यूरो छ। वियर मग गत वर्षको तुलनामा करिब चार प्रतिशतले महँगो भएको छ ।

कोविडले लगायो ब्रेक

एक पटकमा १० वटा बियरका मगहरू बोक्नु यो महोत्सवको सामान्य दृश्य हो । अक्टोबर फेस्ट २०२० र २०२१ मा कोविड महामारीको समयमा भएको थिएन तर यो २०२२ मा फिर्ता भयो।

पहिलो पटक मेटल डिटेक्टर

विगतका वर्षको तुलनामा यसपटक सुरक्षा व्यवस्था पनि बढेको थिय‍ो । जर्मनीमा पछिल्ला महिनाहरूमा चाडपर्वहरूमा चक्कु आक्रमणका घटना बढेका छन्। जोलिङ्गेनमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । त्यसैले पनि अक्टोबर फेस्टमा पहिलो पटक मेटल डिटेक्टर प्रयोग गरियो ।

अल्कोहल-फ्री बीयर

महोत्सवका १८ वटा पाल मध्ये १६ वटामा अल्कोहल रहित बियर उपलब्ध थिय‍ो । धेरै मानिसहरू ह्याङ्गओभर बिना अक्टोबर फेस्टको मजा लिन मन पराउँछन्। अल्कोहल-फ्री बीयर वास्तविक बियरको जस्तै स्वाद भएको र स्वस्थकर पनि हुन्छ ।

झण्डै दुई सय वर्ष पुरानो परम्परा

पहिलो अक्टोबर फेस्ट १७ अक्टोबर , १८१० मा आयोजित भएको थियो । त्यो अवसर बाभेरियाका युवराज लुडविगको स्याक्सनीकी थेरेसासँगको इन्गेजमेन्ट थियो। म्युनिखको यो मैदानलाई अझै पनि उनै शाही दुलहीको नामबाट “थेरेजिनवेग” भनिन्छ । अक्टोबर फेस्ट भनिए पनि मौसमलाई मध्यनजर गर्दै यो महोत्सव सेप्टेम्बर महिनामै सुरु हुन्छ ।

प्रतिक्रिया