सोमबार, असार १६, २०८२

नेप्से सुचक संगै कारोबार रकम पनि घट्यो, २७ अंकले घट्दा चार अर्ब ५९ करोडको शेयर किनबेच

नेपालखोज २०८१ असोज २२ गते १५:४८

काठमाडौं । नेप्से सुचक संगै शेयर कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३७ दशमलव १३ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने २७ दशमलव ३९ अंकले घटेर २६ सय ६३ दशमलव ३२ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५५ अंकले घटेर चार सय ८० दशमलव २३ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय वटा कम्पनीहरुको ४५ हजार आठ सय ७० पटकको कारोबारमा एक करोड तीन लाख ३० हजार पाँच सय दुई कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ रुपैंयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७१ अंकले घटेर १५ सय ४५ दशमलव २७ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ६२ दशमलव ७३ अंकले घटेर पाँच हजार दुई सय ८४ दशमलव ४२ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ९२ दशमलव १९ अंकले घटेर तीन हजार दुई सय ३९ दशमलव शुन्य पाँच अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३२ दशमलव ४० अंकले घटेर ३२ सय चार दशमलव शुन्य दुई अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ४१ दशमलव ७९ अंकले घटेर १३ हजार ३७ दशमलव ७४ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९० दशमलव ६६ अंकले घटेर १२ हजार नौं सय ३९ दशमलव शुन्य एक अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिड सोलु हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इष्र्टन हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनएलजी इन्स्योरेन्स कम्पनी परेको छ ।

प्रतिक्रिया