काठमाडौं उपत्यकासहित अन्य यी प्रदेशबाट बाहिरियाे याे वर्षकाे मनसुन

काठमाडाैं । काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागबाट याे वर्षकाे मनसुन बाहिरिएको छ ।
काठमाडौं उपत्यकालगायत सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे हाे ।
महाशाखाले बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट पनि बहिर्गमन भएको जनाएकाे छ ।
महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख भएअनुसार ‘आज मिति २०८१ असोज २२ (८ अक्टोबर)का दिन यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशको पश्चिमी भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बहिर्गमन भएको छ ।’
यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो । सरदर अक्टोबर २ मा मनसुन बाहिरिनुपर्नेमा यसवर्ष केही ढिला गरेर मनसुन बहिर्गमन भएको महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया