ओटीटीमा अनुराग कश्यपका चलचित्र

काठमाडाैं । बलिउडका उत्कृष्ट निर्देशक मध्येका एक अनुराग कश्यप उत्कृष्ट अभिनेता पनि हुन् । आज उनी ५१ वर्षका भैसकेका छन् । अनुराग कश्यपले भारतिय फिल्म उद्योगलाई धेरै उत्कृष्ट फिल्म दिएका छन् । तर उनको निर्देशनमा बनेको पहिलो फिल्म आजसम्म रिलिज भएको छैन भन्ने कुरा कमैलाई थाहा छ ।
हामी ओटिटि प्लेटफर्ममा उनको निर्देशनमा बनेका फिल्महरू हेर्न सक्छौं । अनुराग कश्यपले सन् २००३ मा फिल्म ‘पाँच’ मार्फत निर्देशनको दुनियाँमा प्रवेश गरेका थिए । यो फिल्ममा केके मेनन, आदित्य श्रीवास्तव र विजय वर्मा जस्ता स्टार थिए । तर यो फिल्म अहिलेसम्म रिलिज भएको छैन ।
ब्ल्याक फ्राइडे
मुम्बई बम विस्फोटमा आधारित ब्ल्याक फ्राइडे अनुराग कश्यपको निर्देशनमा बनेको दोस्रो फिल्म थियो । २००७ मा रिलिज भएको यो फिल्म ओटीटी प्लेटफर्म हटस्टारमा हेर्न सकिन्छ ।
नो स्मोकिङ
अनुराग कश्यपको निर्देशनमा बनेको यो फिल्म जी फाइव मा हेर्न सकिन्छ ।
देव डी
सन् २००९ मा रिलिज भएको फिल्म ‘देव डी’ का निर्देशक अनुराग कश्यप थिए । यो फिल्म नेटफ्लिक्समा हेर्न सकिन्छ ।
गुलाल
गुलाल सन् २००९ मा रिलिज भएको हिन्दी सिनेमाको उत्कृष्ट चलचित्र हो । अनुराग कश्यपको निर्देशनमा बनेको यो फिल्म युट्युबमा हेर्न सकिन्छ ।
उडान
अनुराग कश्यप यो फिल्मको कथा लेखनसँगै निर्माता पनि हुन । यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्स मा हेर्न सकिन्छ ।
ग्याङ्ग अफ वासेपुर–१ र २
ग्याङ अफ वासेपुर अनुराग कश्यपको निर्देशनमा बनेको उत्कृष्ट चलचित्र हो । यो फिल्ममा हरेक कलाकारले आफ्नो चरित्रबाट दर्शकको मन जितेका छन् । यो फिल्म प्राइम भिडियोमा हेर्न सकिन्छ ।
शाहिद
राजकुमार राव, तिग्मांशु धुलिया र केके मेनन स्टारर फिल्म शाहिद अनुराग कश्यपले निर्माण गरेका हुन्। यो फिल्म बनाउन ९६ लाख मात्र खर्च भएको थियो भने यसले बक्स अफिसमा करिब ५ .९२ करोड रुपैयाँ कलेक्सन गरेको थियो । यो फिल्म प्राइम भिडियोमा हेर्न सकिन्छ ।
लन्च बक्स
अनुराग कश्यप द्वारा निर्देशित फिल्म लन्च बक्स ओटीटी प्लेटफर्म प्राइम भिडियोमा हेर्न सकिन्छ ।
क्वीन
विक्रमादित्य मोटवानेसँगै यो फिल्मका निर्माता अनुराग कश्यप पनि थिए । यो फिल्म नेटफ्लिक्समा हेर्न पाइन्छ ।
उड़ता पञ्जाब
यो फिल्म ओटीटी प्लेटफर्म जी फाइव मा हेर्न सकिन्छ ।
प्रतिक्रिया