सोमबार, असार १६, २०८२

दशैंअघिको अन्तिम दिनको शेयर बजार, नेप्सेमा झण्डै पाँच अंकले बृद्धि, तीन अर्ब ७६ करोडको शेयर किनबेच

नेपालखोज २०८१ असोज २३ गते १५:३१

काठमाडौं । दशैंअघिको अन्तिम कारोबार दिन आज बुधबार नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन २७ दशमलव ३९ अंकले बढेको नेप्से आज पुन चार दशमलव ८५ अंकले बढेर २६ सय ६८ दशमलव १७ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १३ अंकले बढेर चार सय ८० दशमलव ३६ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ९४ वटा कम्पनीहरुको ४० हजार एक सय ३१ पटकको कारोबारमा ८३ लाख १२ हजार छ सय ८५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७६ करोड १५ लाख १२ हजार सात सय छ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहको सुुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६२ अंकले बढेर १५ सय ४५ दशमलव ८९ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि एक दशमलव ६६ अंकले बढेर तीन हजार दुई सय ४० दशमलव ७२ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि १७ दशमलव ७० अंकले बढेर तीन हजार दुई सय २१ दशमलव ७३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि सात दशमलव ६५ अंकले बढेर १२ हजार नौं सय ४६ दशमलव ६६ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने २० दशमलव २९ अंकले घटेर पाँच हजार दुई सय ६४ दशमलव १३ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि शुन्य दशमलव ४६ अंकले घटेर १३ हजार ३७ दशमलव २८ अंकमा झरेको छ । यि बाहेक लगानी र व्यापार समुहको सुचक पनि घटोक छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिड सोलु हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीम पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया