शनिबार, असार २१, २०८२

सपनाको कुनै अर्थ पनि हुन्छ ?

नेपालखोज २०८१ असोज २५ गते १९:००

सपनामा हामि कहिले कतै घुमिरहन्छौं, कहिले सुनसान ठाउँमा एक्लै पुग्छौं । यस्ता सपनाहरूको अर्थ के हो? घरको कोठाले तपाईंको चरित्रको केही गुणलाई संकेत गर्छ । खाली कोठाको अर्थ तपाईं आफ्नो नयाँ प्रतिभाका बारेमा सिक्दै हुनुहुन्छ भन्ने हुन सक्छ । तपाईले सपनामा जति धेरै खाली कोठा देख्नुहुन्छ, तपाई ब्यूँझिएका बेला त्यसलाई सजाउन आफ्नो कल्पनासिलता प्रयोगमा ल्याउनुहुन्छ भन्ने हो ।

परीक्षाका लागि तयार छैन

परीक्षा अघि परीक्षाका लागि तयार नभएको सपना देख्नु सामान्य कुरा हो । यसबाट नडराउनुहोस् किनभने यसको मतलब तपाईंले वास्तविक जीवनको परीक्षामा आफ्नो प्रदर्शनलाई गम्भीरताका साथ लिनुभएकोछ । यस्ता सपना देखेर चिन्तित हुनुको सट्टा आफ्नो तयारी र ज्ञानमा विश्वस्त रहने प्रयास गर्नुहोस्।

सबैका अगाडि नाङगो

आफ्नो सपनामा सार्वजनिक स्थान वा अन्य व्यक्तिहरूका अगाडि आफूलाई बिना कपडा देख्नु भनेको वास्तविक जीवनमा तपाईं नाजुक अवस्था महसुस गर्दै हुनुहुन्छ भन्ने हो । यसमा लाज मान्नु पर्ने कुरा केही पनि छैन । यसमा तपाईंले अरूका अगाडि थोरै खुल्ने प्रयास गर्नुपर्छ ताकि अरुहरूले तपाईंको वास्तविक प्रतिभा देख्न ( जान्न सकून् ।

ड्राइभिङमा नियन्त्रण गुमाउनु

तपाईंले आफ्नो सपनामा सबारी साधन माथिको नियन्त्रण गुमाएको देख्नुभएको छ भने त्यो तपाईंको जीवनमा भइरहेको केही परियोजना वा उद्देश्यको प्रतीक हुन सक्छ। नियन्त्रण गुमाउनु भनेको सायद तपाईं त्यसलाई पूरा गर्न सक्षम नहुनुको डर हो। यस्तो अवस्थामा वास्तविक जीवनमा नियन्त्रणको विचार छोड्नुहोस् र आराम गर्ने प्रयास गर्नुहोस्।

झरेको दाँत

हाम्रो दाँत हामी कत्तिको विश्वस्त र शक्तिशाली महसुस गर्छौ भन्ने कुराको प्रतीक हो । सपनामा दाँत झरेको देख्नुको अर्थ हाम्रो जीवनमा केहि भइरहेको छ जसले हाम्रो आत्मविश्वासलाई हल्लाउँदैछ । यस्तो अवस्थामा वर्तमान चुनौतीलाई हेर्नुपर्छ, स्वीकार गर्नुपर्छ र शान्त दिमागका साथ त्यसको सामना गर्नुपर्छ ।

शौचालय खोज्नु

यस्तो सपनाको अर्थ हो ( वास्तविक जीवनमा केहि समस्या छ जसमा तपाइँ आफ्नो विचार व्यक्त गर्नु पर्ने बलियो आवश्यकता महसुस गर्दै हुनुहुन्छ वा तपाईंले अरूका अगाडि आफ्ना आवश्यकताहरू राख्नमा चुनौतीको सामना गरिरहनुभएको छ। त्यसैले एक पटक, अरूलाई ध्यान दिनुको सट्टा, आफ्नो आवश्यकता पूरा गर्न ध्यान केन्द्रित गर्नुहोस्।

लेट हुने डरले दौडनु

यसको अर्थ तपाईलाई अवसर गुम्ने डर छ । एउटा यस्तो अवसर जसले तपाईंको जीवनमा सन्तुष्टि ल्याउनेछ । यसको मतलब के पनि हो भने कुनै अर्थपूर्ण काममा आफ्नो समय खर्च गर्नुको सट्टा तपाईं समय बर्बाद गर्दै हुनुहुन्छ । यस्तो अवस्थामा ठोस निर्णय लिनुहोस् र त्यसको कार्यान्वयनमा जुटनुहोस् ।

प्रतिक्रिया