बिहीबार, जेठ २, २०८२

दसैँ टीकाको साइत आरम्भ

नेपालखोज २०८१ असोज २६ गते १२:२०

काठमाडौं । विजयादशमीको टीकाको साइत आरम्भ भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ३६ मिनेट जाँदा टीकाको शुभ साइत सुरु भएको हो ।

समितीले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।

दसैंमा मान्यजनको हातबाट टीका ग्रहण गर्ने र आशिर्वाद लिदाँ दुर्गा भवानीले रक्षा गर्ने र सत्यको जित हुने मान्यता रही आएको छ ।

प्रतिक्रिया