आठमध्ये एक बालिका १८ वर्षको उमेरअघि नै बलात्कृत : युनिसेफ

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको बाल कल्याणकारी निकाय युनिसेफले बालिकाहरूको यौन शोषणसम्बन्धी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ, जसअनुसार आठमध्ये एक बालिका १८ वर्षको उमेरअघि नै बलात्कृत वा यौन दुर्व्यवहारको सिकार गरेका छन् ।
यो तथ्यांक अनुसार विश्वभर ३७ करोड बालिका यौन हिंसाको सिकार भएका छन् । आफ्नो प्रतिवेदन तयार गर्न युनिसेफले सन् २०१० र २०२२ बीच १२० देशबाट तथ्यांक संकलन गरेको थियो ।
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले भनेकि छिन्, ‘बालबालिकाहरू विरुद्धको यौन हिंसा हाम्रो नैतिक विवेक माथिको कालो दाग हो ।’ रसेलका अनुसार, ‘यो गहिरो र दिगो आघातको कारक हो ।’
यस्ता घटना बालबालिकाले चिनेको र विश्वास – भरोसा गरेको ठाउँबाट हुनु अझ चिन्ताको बिषय हो किनभने त्यहाँ उनिहरुले सुरक्षित महसुस गर्नुपर्छ ।
युनिसेफको प्रतिवेदनमा बालकहरू पनि यौन हिंसाको सिकार भएको बताइएको छ । प्रतिवेदनमा २४ देखि ३१ करोड बालक कुनै न कुनै समयमा यौन हिंसाको शिकार भएको उल्लेख छ ।
प्रतिक्रिया